‘ओभर स्टे’मा रहेका पाँच बंगलादेशी नागरिक पक्राउ

भिसा अवधि समाप्त (ओभर स्टे)मा नेपाल बसेका पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोह्रखुट्टेबाट सोमबार पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बंगलादेश ढाकाका २६ वर्षीय एमडी रिफात अहमद, २३ वर्षीय एमडी अब्दुलला, ४५ वर्षीय समसुल होडा, ३० वर्षीय अब्दुस विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नकुल पोखरेल जानकारी दिए ।