बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११, पात्लेखेतमा आज ९शनिबार० बिहान गाडी ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भकुन्डेबेँसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र १–०१–००१ च ८५९२ नम्बरको योदा गाडीले आज बिहान ६ः१० बजेतिर पात्लेखेतस्थित बीपी राजमार्गमा स्थानीय वर्ष ५० कायमुनाप्रसाद धिताललाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका धिताललाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार बिहान ६ः५५ बजे धिताललाई मृत घोषणा गरिएको हो । ठक्कर दिन गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।