साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको प्रशिक्षक अलमुताइरीको आरोप

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को आज हुने फाइनल खेलमा प्रतिबन्धित भएका छन् । प्रशिक्षक अलमुताइरीले नेपाल र भारतबिच फाइनल खेल गुमाउने भएका हुन् । प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको छ ।

आज च्याम्पियनसिप २०२१ को उपाधिको लागि आज नेपाल र भारत भिड्दै छन् । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुदैँछ ।

तर, साफले नेपाली टोलीका प्रशिक्षक अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको छ। अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन् ।

प्रतियोगिताको आयोजक दक्षिण एसियाली फुटबल महासंघले गरेको निर्णयमा आपत्ति जनाउँदै उनले यो निर्णय फिर्ता लिनुपर्ने बताए । उनले शनिबार बिहान आयोजित भुर्चअल प्रेस मिटमा भने, ‘यो कारवाही ममाथि मात्र भएको होइन, नेपाली फुटबल टिम र समग्र नेपाली फुटबलमाथि भएको कारवाही भएको हो ।’ उनले थपे, ‘साफ च्याम्पियसिप २०२१ को नियमावालीमा कतै पनि प्रशिक्षकले दुई पहेँलो कार्ड खाएपछि टेक्निकल एरियामा बस्न नपाउने भनिएको छैन । प्रत्येक प्रतियोगिताको आफ्नो अलग नियम हुन्छ ।’ उनले नेपाललाई साफ च्याम्पियनसिप जित्नबाट रोक्न यस्तो निर्णय भएको पनि आरोप लगाए ।

प्रशिक्षक अल्मुताइरीका अनुसार उक्त निर्णय उल्टाउनका लागि प्रयास भइरहेको छ । ‘यो निर्णय उल्टाउनका लागि प्रयास गरिरहेका छौं र यो निर्णय सच्चिनु पनि पर्छ । दक्षिण एसियाली फुटबल महासंघले यो निर्णय गरेर भुल गरेको छ,’ उनले भने ।

उनले यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको बताएका छन् । उनले भनेका छन्, ‘मलाई लाग्छ उनीहरु (साफ पदाधिकारीहरु) नेपालको नतिजाबाट खुसी नहुन सक्छन् । उनीहरुलाई नेपालले नजितोस् भन्ने लाग्छ । मैले तयो महसुस गरिरहेको छु ।’

त्यस्तै उनले साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिएका हुन्। अलमुताइरीले आफ्नै नियमको उल्लंघन गर्दै अन्यायपूर्ण निर्णय गर्ने साफबाट के अपेक्षा गर्ने भन्ने प्रश्न गरे। ‘साफले नियम मान्नुपर्छ। मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ। किन मेरा लागि आफ्नै नियमको सम्मान गरेन’, उनले भने, ‘खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन। साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो। भारतका प्रशिक्षकले रातो कार्ड पाए भनेर मलाई कारवाही गर्नु उचित भएन।’

साफले नेपाली टोलीका प्रशिक्षक अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको छ।

दक्षिण एसियाली फुटबल -साफ_ ले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ। खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ। आज फाइनल खेलमा दुवै टिम उपाधि जित्ने दाउमा छन् । भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको हो ।

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा पुर्णरुपमा हाबी रहेको भारतले नेपालविरुद्ध १५ खेलमा जित हात पारेको छ भने ५ खेल बराबरी खेलेको छ । दुई खेलमा भने नेपाल विजयी भएको छ । यसै प्रतियोगिताको लिग चरण‍को खेलमा पनि भारतसँग नेपाल १-० ले स्तब्ध बनेको थियो ।

नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीच २८ वर्षपछि फाइनल खेल तय भएको हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले बाजी मारेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार