नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की केन्द्रीय सदस्य राजमती बम (रक्षा) पक्राउ परेकी छन् । अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई प्रहरीले मंगलबार काठमाडौँको बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीले उनलाई आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । रस्मीला धामीले रक्षामाथि मोबाइल चोरी गरेको आरोप लगाएको उजुरी दिएपछि उनी पक्राउ परेकी हुन् ।
उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।