कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिस्मस, यःमरी पुन्ही तथा तमु ल्होसारलाई लक्षित गरेर नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले यी माथिका चाडको अवसरमा नागरिक बचत खातामा आकर्षक छुट तथा अन्य योजना ल्याएको हो ।
उक्त खाता योजनाअन्तर्गत खाता खोल्दा ग्राहकहरूले आकर्षक छुट तथा अन्य विभिन्न सुविधाहरू पाउन सक्ने बैंकले जनाएको छ । यो योजना यही पुस ८ देखि २० गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो योजनाअन्तर्गत खोलिने नयाँ खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रदान गरिनेछ भने सो खातामा न्यूनतम रकम १ हजार हुनुपर्नेछ । उक्त सुविधाहरू नागरिक बचत खातामा मात्र लागू हुने बैंकले जनाएको छ ।
कुमारी बैंकले देशभर रहेका ३०९ शाखा–सञ्जाल, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवाहरू प्रदान गरिरहेको छ ।













