चन्द्रागिरीबाट ९ लाख बराबरको धनमाल चोरी भएको छ । चन्द्रागिरी नगरपालिका(५ बाणस्थली बस्ने अमृत कुमार खरेलको घरबाट नगद १ लाख ३० हजार रुपैयाँ तथा सुनका विभिन्न गहना गरी करिब ९ लाख २७ हजार ७ सय रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।














