काठमाडौं उपत्यकामा थप ३ हजार ३४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
आइतबार देशभर थपिएका ४ हजार ९६१ जनामध्ये उपत्यकामा मात्रै ३ हजार ३४७ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन् ।
उनका अनुसार काठमाडौंमा २ हजार ५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका हुन् ।