नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो ।
पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै अध्यक्ष प्रचण्ड कोराेनामुक्त भएको पुत्री रेणु दाहालले जनाएकी छन् । ‘अध्यक्ष कमरेड प्रचण्डको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसंगै वहॉ कोरोनामुक्त हुनुभएको छ। यस दौरानमा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
कोरोना संक्रमण भएसँगै प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए । हालै काठमाडौँमा सम्पन्न महाधिवेशनपछि माओवादीमा अध्यक्ष प्रचण्डसहित उनी निकट रहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।