एन आई सी एशिया बैंक चालु आर्थिक वर्षमा खुद नाफा गर्ने पहिलो बैँक बनेको छ । उक्त बैँकले ५ महिनामै २ अर्ब रुपैयाँ खुद नाफा गरेको हो । एन आई सी एशिया बैंकले कात्तिक मसान्तसम्म १ अर्ब ५९ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको थियो भने मंसिर मसान्तसम्म बैंकको खुद नाफा २ अर्ब ४० लाख रुपैयाँ पुगेको छ ।
मंसिरसम्मको तथ्यांकअनुसार बढी नाफा कमाउनेको सूचीमा ग्लोबल आईएमई बैंक १ अर्ब ९६ करोड रुपैयाँसहित दोस्रो तथा १ अर्ब ८९ करोड रुपैयाँको नाफासहित नबिल बैंक तेस्रो स्थानमा छ । कात्तिकसम्म यी बैंकले समान १ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेका थिए ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ८८ करोड रुपैयाँ छ । वाणिज्य बैंकमध्ये १ अर्ब ५० करोड रुपैयाँ नाफासहित पाँचौं स्थानमा छ प्राइम कमर्सियल बैंक । मंसिरसम्म प्रभु, एनएमबि, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, मेगा र नेपाल बैंकले १ अर्ब रुपैयाँ भन्दा खुद मुनाफा गरेका छ ।
यस्तै विकास बैंकहरुमध्य मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी ४६ करोड रुपैयाँ नाफा गरेको छ । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् ।
त्यस्तै नेपाल एसबिआई बैंकले ६५ करोड ९५ लाख रुपैयाँ नाफा कमाउँदा नेपाल बगलादेश बैंकको नाफा ५४ करोड ६६ लाख रुपैयाँ छ ।
साथै, यस अवधिमा एभरेष्ट बैंकको ७५ करोड ९२ लाख, बैंक अफ काठमाण्डूले ४९ करोड ५९ लाख, एनसीसी बैंकको नाफा ७५ करोड ५६ लाख, माछापुच्छे« बैंकले नाफा ८७ करोड ९७ लाख नाफा आर्जन गरेका छन् ।
यस्तै कुमारी बैंकले ५ महिनाको अवधिमा ६३ करोड २५ लाख, लक्ष्मी बैंकले ७८ करोड ८१ लाख, सिद्धार्थ बैंकले १ अर्ब ३३ करोड ८० लाख, कृषि विकास बैंकले ६५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस अवधिमा सिटिजन्स बैंकले ९९ करोड ६० लाख, प्राइम बैंकले १ अर्ब ५० करोड, सनराइज बैंक ७० करोड ३७ करोड, एनएमबी बैंकले १ अर्ब ३६करोड ७५ लाख, प्रभु बैंकले १ अर्ब ३७ करोड ६५ लाख, मेगा बैंकले १ अर्ब २६ करोड ३० लाख, सिभिल बैंकले ४१ करोड ११ लाख, सेन्चुरी बैंकको ४० करोड २५ लाख र सानिमा बैंकले ५ महिनाको अवधिमा ८६ करोड ४१ लाख रुपैयाँ नाफा छ ।
मंसिरसम्म कुन बैंकको नाफा कति ?