कपनमा ट्याक्सी चालकमाथि कुटपिट गरी लुटेको आरोपमा दुई जना पक्राउ

काठमाडौंको कपनमा ट्याक्सी चालकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन दुर्गा मन्दिर नजिकै गत मंगलबार एक जना ट्क्याक्सीका चालकमाथि कुटपिट गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका ६ बस्ने २७ वर्षीय प्रशान्त जंग कार्की र बुढानिलकण्ठ नगरपालिका ३४ वर्षीय राजु गुरूङ छन् । उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।