नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।