पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन (भिडियो)

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य छ ।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ ।