१२ हजारमा ३३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ ।

यही अवधिमा थप ६४९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ भने हालसम्म ११ हजार ६३२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।