नेकपा (माओवादी केन्द्र) को माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको छ ।
कोरोना संक्रमण तीव्र बन्दै गइरहेका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझावअनुसार बैठक स्थगित गरिएको माओवादीले जनाएको छ ।
८औं महाधिवेशनपछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष नियुक्त गरेको थियो । त्यसपछि भने कोरोनाका कारण बैठक बस्न सकेको छैन ।
साथै स्थायी कमिटी बैठक शनिबार बिहानका लागि बोलाइएको छ। स्थायी कमिटी सदस्य र आयोगका अध्यक्षहरूको बैठक बोलाइएको हो ।
स्वास्थ्य मापदण्ड पालना गरी शनिबार बिहान ८.३० मा केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने माओवादीले जनाएको छ ।