नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सांसदबाट पदमुक्त गरेका चार जनाले मन्त्रीले आजै पुनर्नियुक्ति र सपथ ग्रहण गर्दै छन् । पदमुक्त भएका चारै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्नियुक्ति गर्न लागेका हुन् ।
बिहीबार सांसदसँगै मन्त्रीबाट पनि पदमुक्त भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले फेरि सपथ लिन लागेका हुन् । उनीहरुको आजै साँझ ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको स्रोतले जानकारी दियो ।