चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । माघ ८ देखि १० गतेसम्म भएका सञ्चालन भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको हो ।

आयोगले नतिजा सार्वजनिक गर्दै राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्क सहित समावेश गरी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरिएको जनाएको छ ।