ब्राजिलले फिफा विश्वकप कतार २०२२का लागि जारी दक्षिण अमेरिकी छनोटमा सानदार जित हात पारेको छ । बुधबार बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पाराग्वेमाथि ४–० को फराकिलो जित निकाल्न सफल भएको हो ।
ब्राजिलको जितमा राफिन्हा, फिलिपे कौटिन्हो, एन्टोनी र रोड्रिगोले समान एक गोल गरे ।
सानदार जितसँगै १५ खेलबाट अपराजित रहेको ब्राजिल ३९ अंक जोडेर शीर्षस्थानमा यथावत छ । ब्राजिल यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । पराजित पाराग्वे भने १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।