बर्दियामा करिब ६ किलो चरेशसहित एक महिला पक्राउ परेकी छन् ।
सशस्त्र प्रहरी बलले सोमबार बढैयाताल गाँउपालिका-२ स्थित सीमा इलाकाबाट करिब ६ किलो चरेशसहित ४५ वर्षीया आशा राईलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार लमही नगरपालिका-१ बस्ने राई चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै थिइन् । उनले शरीरमा बाँधेर भारत जाँदै गरेको बेलामा शंका लागेर जाँच गर्दा चरेश फेला परेको हो । त्यस अवस्थामा बोर्डर आउट पोष्ट (बिओपी) फुटाहाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनीबाट १२ वटा प्याकेट चरेश बरामद भएको छ । यस घटनामाथि थप अनुसन्धान गर्न प्रहरीलाई बुझाएको छ।