बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् ।
सोमबार दिउँसो डाकिएको प्रदेशसभाको बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री कट्टेलले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्नेबारे राखेको प्रस्तावमाथि सबै दलले धारणा राखेपछि सभामुख भुवन पाठकले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावको पक्षमा बहुमत आएको हो ।
जम्मा १०८ जना सांसद उपिस्थत रहेको प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले ५६ मत पाए । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।