कर्णाली सरकारले पायो पूर्णता, गैरसांसद बने मन्त्री

कर्णाली प्रदेश सरकारले गठन भएको तीन महिनापछि पूर्णता पाएको छ । जीवनबहादुर शाहीले मुख्यमन्त्रीका रुपमा कात्तिक १६ गते सपथग्रहण गरेको तीन महिनापछि पूर्णता दिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित सामारोहमा नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुईरदुई र एकीकृत समाजवादीबाट एक मन्त्रीले आइतबार सपथ लिएका हुन् ।

मुख्यमन्त्री शाही संसदीय दलको नेता रहेको कांग्रेसबाट यज्ञबहादुर बिसी सामाजिक विकास र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् । यस्तै एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् ।

मन्त्री लामा गैरसांसद साथै मुर्ति चोरी आरोपमा सजाय पाएका व्यक्ति हुन् ।