संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापनाका लागि मंगलवारसम्म कार्यालय/निकाय छनोट गर्न निर्देशन दिएको छ।
माघ १८ को निर्णयअनुसार नियुक्त भएका शाखा अधिकृतहरूले मंगलबार अपराह्न ५ बजेसम्म छनोट गरिसक्नुपर्ने मन्त्रालयका शाखा अधिकृत विवेक विडारीले जानकारी दिए।
कार्यालय/निकायको छनोटका लागि अनलाइनमार्फत् आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ। रिक्त रहेका निकाय वा कार्यालय आफैँ छनौट गर्न शाखा अधिकृतहरूलाई मन्त्रालयले आग्रह गरेको हो।
















