म्याग्दी – पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराती एक दम्पतीको हत्या भएको छ । गएराती अज्ञात समूहले वर्ष ६८ का सूर्य बहादुर जिसी र उनको श्रीमती अन्दाजी वर्ष ६५ कि गमला जिसीको हत्या भएको हो ।
उनीहरूको गएराती घर भित्र सुतिरहेको अवस्थामा हत्या भएको र आज बिहान घरभित्र नै मृत अवस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसीले जानकारी दिएका छन् ।
वडा अध्यक्ष जिसीका अनुसार जिसी दम्पती मात्र बस्दै आएका थिए । घटनाको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय पर्वतको घटना स्थल पुगेको छ। बाँकी विवरण र अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।