सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।
निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए । आयोगले जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो ।
यस्तै सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए।
५ जेठमा स्थानीय तहको अवधि सकिँदै छ। त्यसको दुई महीनाअघि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।
https://www.tvannapurna.com/43046/2022/02/07/
https://www.tvannapurna.com/42943/2022/02/07/?fbclid=IwAR31w5FxkFxS4rKvuiDEeg0MHxHIJbe6USxbtuTYaNTcbu0WTc3PjHGY9Xk













