काठमाडौं । गृह मन्त्रालयले ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७८’ जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रमबीच २ सय ६ बुँदामा समेटिएको कार्ययोजना सार्वजनिक गरेका हुन् ।
कार्ययोजनामा अपराध अनुसन्धान तथा नियन्त्रण, सीमा सुरक्षा, आन्तरिक प्रशासनिक सुधारलगायत विषयलाई समाबेश गरिएको छ । साथै गृह मन्त्रालय मातहतका अरु निकाय, प्रहरी र सशस्त्र प्रहरीको कामकारबाहीलाई व्यवस्थित, आधुनिकीकरण र साधनस्रोतयुक्त बनाइने उल्लेख छ ।
कार्ययोजना कार्यान्वयनमा आएपछि गृह प्रशासनलाई थप चुस्त बन्ने र सुशासन कायम गर्न मद्दत पुग्ने गृहमन्त्री खाँणको दाबी छ । कार्ययोजनामा १ वर्षभित्र सीमा सुरक्षा ऐन बनाइने उल्लेख छ । यसअघि बारम्बार सीमा सुरक्षा नीति ल्याउनुपर्ने विषयमा बहस भए पनि निर्णय हुन सकेको थिएन ।
यसैगरी गाँजाको औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । यसअघि प्रतिनिधिसभामा पनि गैरसरकारी विधेयकका रुपमा गाँजाको वैधानिक प्रयोगसम्बन्धी विषयले प्रवेश पाएको थियो । गाँजामाथि प्रतिबन्ध फुकुवा हुनुपर्ने भन्दै सांसद शेरबहादुर तामाङलगायतले पैरवी गरिरहेका छन् ।
गृह प्रशासन सुधार कार्ययोजना (पूर्णपाठ)















