कुमारी बैंकबाट १२ महिनाको तलब लिएर बाहिरिए अनुजमणि र मनिष

कुमारी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) अनुजमणि तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनिष तिमल्सिनाले पदबाट राजीनामा दिएका छन् । अनुजमणि र मनिसले स्वैच्छिक अवकाश लिएर बाहिरिएका हुन् ।

सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकमा कामु सिइओ रहेका अनुजमणि र डेपुटी सिइओ रहेका मनिषलाई मोटो भिआरएसमा बिदा गरिएको हो ।

बैंक सञ्चालक समितिले केही दिनअघि स्वैच्छिक अवकाशको स्किम (भीआरएस) अफर ल्याएको थियो । भीआरएसमा निकै राम्रो रकम आउने भएपछि दुवै जना बैंकबाट बाहिरिएका हुन् ।

अनुज र मनिष १२ महिनाको तलब लिएर बाहिरिएका हुन् । यसबाहेक उनीहरुले सुविधामा पाएको गाडी समेत बैंकले जागिर छाड्दा दिएको छ ।

यस्तै कामु सिइओ र डेपुटी सिइओ दुवै जना बैंकबाट बाहिरिए पछि बैंक सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी रामचन्द्र खनाललाई दिएको छ । यस अघि खनाल बैंकको चिफ अपरेटिङ अफिसर रहेका थिए ।

https://www.tvannapurna.com/43088/2022/02/07/