नेपाली बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरुमा अग्रणी स्थान ओगट्न सफल बैंक हो एन आई सी एशिया बैंक । अहिले २७ वाणिज्य बैंकमध्ये एनआईसी एशिया ‘नम्बर वान’ बैँक भएको छ ।
एनआईसी एशिया बैंक उत्कृष्ट बैंक बन्नुमा बैंकिङ्ग क्षेत्रमा एनआईसी एशिया बैंकले ल्याउने आक्रमक ग्राहक योजना त छदैँ छन् तर नयाँ कार्यशैलीमा अभ्यस्त युवाहरुको क्षमता, ऊर्जा र नयाँ दृष्टिकोणको भुमिका पनि त्यति नै छ ।
एनआईसी एशिया बैंकको पछिल्लो तथ्यांक अनुसार करिब ४ हजार कर्मचारीमध्ये ९५ प्रतिशत कर्मचारी युवा अवस्थाका छन् । बाँकी ५ प्रतिशत कर्मचारीमात्र ४० वर्षभन्दा माथि उमेरका छन् । उक्त बैंकका औसत कर्मचारीको उमेर २९ वर्ष छ ।
कुनै बेला एउटा सानो बैंकको रुपमा रहेको एनआईसी एशिया अहिले प्रमुख सूचकहरूमा देशका अन्य बैंकहरूलाई पछाडि छोड्दै नम्बर एक वाणिज्य बैंक बनेको छ ।
बैंकिङ्ग क्षेत्रमा एन आई सी एशिया बैंकले ल्याउने आक्रमक ग्राहक योजना यस बैंकको विशेषताले हुन् । त्यस्तै योजना मध्यको एक हो अहिले सञ्चालनमा रहेको सर्वश्रेष्ठ बचत योजना । सर्वश्रेष्ठ बचत योजनामा ग्राहकले विभिन्न २४ वटा फाइदा पाउने छन् । ती सबै सुविधाहरू अन्य कुनै पनि बैंकमा पाउन सकिदैन । सर्वश्रेष्ठ खातामा बीमा सम्बन्धी तीन, कर्जा सम्बन्धी तीन र अन्य १८ वटा फाइदा रहेका छन् ।
देशको दुरदराजमा रहो लाखौं ग्राहकलाई सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गराउँदै आएको बैंकले ग्राहकलाई दुई दर्जन फाइदा दिने बचत योजना सञ्चालन गरिरहेको हो ।
सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई व्यापकरुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गरिएको बैंकले जनाएको छ । साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।
बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई ५ वर्षको अवधीसम्म उपलब्ध गराएको छ । सबै थप सुविधा÷फाईदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकले समेत कुनै अतिरिक्त शुल्कबिना स्वतः पाउन सक्नेछन् ।
बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीका लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकमा पठाउनुपर्ने हुन्छ ।
सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ सर्वश्रेष्ठ फाईदाहरू :
| क्र.सं. | विवरण | फाईदा |
| १ | डेबिट कार्ड | पाँच वर्षको लागि निःशुल्क |
| २ | मोबाइल बैंकिङ्ग | पाँच वर्षको लागि निःशुल्क |
| ३ | इन्टरनेट बैंकिङ्ग | पाँच वर्षको लागि निःशुल्क |
| ४ | वार्षिक क्रेडिट कार्ड | शुल्क पाँच वर्षको लागि निःशुल्क |
| ५ | क्रेडिट कार्ड | सीमा अधिकतम रू. ५ लाखसम्म |
| ६ | क्रेडिट कार्ड | जारी शुल्क निःशुल्क |
| ७ | क्रेडिट कार्ड | वार्षिक शुल्क निःशुल्क |
| ८ | प्रिपेड डलर कार्ड | पाँच वर्षको लागि निःशुल्क |
| ९ | डिम्याट खाता एवं मेरो शेयर शुल्क | पाँच वर्षको लागि निःशुल्क |
| १० | चेक क्लियरिङ | पाँच वर्षको लागि निःशुल्क |
| ११ | RTGS | पाँच वर्षको लागि निःशुल्क |
| १२ | IPS/CPS/Fund Transfer | पाँच वर्षको लागि निःशुल्क |
| १३ | लकर दस्तुर/लकर मार्जिन | पाँच वर्षको लागि निःशुल्क/१०० प्रतिशत मिनाहा |
| १४ | Portfolio Management | सेवा शुल्क पाँच वर्षको लागि ५० प्रतिशत छुट |
| १५ | ई–कमर्श | निःशुल्क सुचारु एवं पाँच वर्षको लागि निःशुल्क |
| १६ | स्विप इन–स्विप आउट सुविधा | खातामा रू. २ लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुनेछ । |
| १७ | एटीएम शुल्क | देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क |
| १८ | विदेशी मुद्रा | (USD, GBP, EUR, CAD र AUD) सटही २५ पैसा Premium वा Rebate |
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू।२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।















