नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाभियोग ल्याउन सक्ने एउटा परिस्थिति सिर्जना हुन सक्ने बताएका हुन् ।
बस्नेतले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरू सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि दाबी गरे । उनले सभामुखले सदनमा अभिभावकिय भूमिका निर्वाह गर्नसक्नुपर्ने धारणा ब्यक्त गरेका छन् ।
त्यस्तै उनले सबैको दबाबका कारण सरकारले बैशाखमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए । बस्नेतले सत्ता पक्ष र सरकारले धारणा बनाएपछि मात्रै एमालेले एमसीसीका बारेमा धारणा तय गर्ने जिकिर गरेका छन् ।













