काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोलि बस्ने संसद् बैठक पनि अवरोध गर्ने भएको छ । संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको एमालेले जनाएको हो । गत भदौ २३ गते यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको बैठक पनि अवरोध गर्ने प्रमुख सचेतक विशाल भट्टराईले टिभी अन्नपूर्णसँग बताए ।
‘ भोलि पनि हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ ।’ भट्टराईले भने ।















