भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी प्रवेश होला ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ । लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक भोलि बिहीबार दिउँसो १ बजेका लागि तय भएको हो ।

बैठकका लागि सम्भावित कार्यसूचीको तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने सम्बन्धी सम्भावित कार्यसूची तयारी रहेको सचिवालय जनाएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्नका लागि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको छ । सभामुख सापकोटाले भने सम्पूर्ण राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेपछि मात्र संसद्मा अगाडि बढाउन तयार रहेको उनको सचिवालयले जनाएको छ ।

https://www.tvannapurna.com/43268/2022/02/08/