बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले उकालो लागेर ९३ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजावी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।