काठमाडौं । स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । तर रिट दर्ता भएको छैन ।आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यसअगावै हुने निर्वाचन असंवैधानिक हुने उनको जिकीर छ।उनले वैशाख ३० मा गर्ने भनिएको निर्वाचन संविधानविरुद्धको कदम भन्दै हाललाई नगर्नू भन्ने अन्तरिम आदेश माग गरेका छन्।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्राप्त भएको रिट निवेदनमाथि अध्ययन भइरहेको जानकारी दिएका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका उनी मुद्दा लिएर सर्वोच्च अदालत पुगेका हुन्।















