मिलन पाण्डेले दिए रवीन्द्र मिश्रविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । संविधान विरोधी दस्तावेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको भन्दै पाण्डेले अध्यक्ष मिश्रविरुद्ध रिट दिएका हुन् ।

पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्तावेज समेत ल्याएको उनको आरोप छ ।त्यस्तै उनले मिश्रले पेश गरेको अप्रमाणित माइन्यूट अभिलेख गरेको भन्दै निर्वाचन आयोगविरुद्ध पनि रिट दिएका छन् ।

Share