कमल थापा राप्रपामा फर्कनेमा आशावादी छु -पशुपति शमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति समशेर जबराले पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन्।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रिय पदाधिकारी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै पूर्व अध्यक्ष समशेरले थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताएका हुन् ।नले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए।

‘यो अनपेक्षित घटना हो। उहाँको धेरै गुनासोहरु सार्वजनिक भइसकेको थियो। तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ’, उनले भने, ‘अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो। तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ। उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ।’