चुनावका लागि ५० अर्ब बजेट माग छ -अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचन सम्पन्न गराउन माग भएको बजेट व्यवस्थापन गर्न दबाब परेको बताएका छन् । सरकारले आगामी बैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी मतदान मिति तोकिसकेको छ । यसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्छ ।

चालू आर्थिक वर्षको बजेटको अर्थ वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले चुनावका लागि बजे व्यवस्थापन गर्न समस्या परेको बताएका हुन् ।

‘वार्षिक बजेटमा चुनावका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ, तर विभिन्न निकायबाट ५९ अर्ब रुपैयाँ माग भएको छ’ अर्थमन्त्रीले भने, ‘स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो दबाबमा छौं, दातालाई आग्रह गर्नेदेखि राजस्व वृद्धि गरेर जसरी हुन्छ स् खर्च जुटाउनुपर्ने बाध्यतामा छौं ।’

शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताए । आर्थिक वर्ष २०७८र७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए ।

‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ ।