नेपालमा कोरोनाको दोस्रो लहर, गम्भीर खालको संक्रमणले मृत्युदर बढ्ने त्रास
युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा
कोरोना भाइरसको पहिलो छालमा जेष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो छालमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएका छन् ।
विद्यालयलगायत भिडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरे हो । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक सङ्क्रमण बढ्दै गएको छ । शुक्रवार मात्रै नेपालमा २ सय ८८ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै ८ चैत यता दुई सयभन्दा बढी बालबालिका सङ्क्रमित भइसकेका छन् ।