फागुन २ गतेको प्रतिनिधिसभा बैठक पनि स्थगित गर्न एमालेको आग्रह

काठमाडौं । फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पनि स्थगित गर्न प्रमुख विपक्षी दल नेकपा एमालेले आग्रह गरेको छ । फागुन २ गते एमालेले विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरेकोले बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुुख तथा अध्यक्ष, उपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसदहरु सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक स्थगित गर्न भनिएको उनले बताए ।

पछिल्लो समय प्रतिनिधिसभाको बैठक निरन्तर रुपमा स्थगित हुँदै आएको छ । पुस ७ यता मात्रै प्रतिनिधिसभाको बैठक निरन्तर ६ पटक स्थगित भइसकेको छ ।