कक्षा १२ को परीक्षा जेठमा हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगामी जेठमा गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘केहीदनमा परीक्षा तालिका सार्वजनिक गर्छौ । त्यसको लागि तयारी भइरहेको छ ।’

बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।