दाङमा दुई बस एकापसमा ठोक्किँदा १३ यात्रु घाइते

दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् ।

लमही नगरपालिका- ३ वनगाउँमा दुई वटा बस एकापसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोकिएका थिए । दुर्घटना दुवै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको छ ।