बालुवाटारमा एमसीसीबारे पर्चा बाँडिदै

काठमाडौं । प्रधानमन्त्री सचिवालयले अमेरिकी सहायता परियोजना एमसीसीबारे विवाद बढ्दै गएपछि त्यसको विषयमा जानकारी दिन पर्चा बाँडेको छ । उक्त पर्चामा एमसीसीबारे ६ बुँदामा प्रस्ट पारिएको छ।

नेपालका लागि एमसीसी किन उपयुक्त भएको र एमसीसीले नेपालको विकास परियोजनामा कसरी टेवा पुर्‍याउने भन्ने विषयमा प्रस्ट पारिएको छ। ८ पृष्ठको ‘पर्चा लामो उक्त पर्चामा कुनै सरकारी निकायको छाप र आधिकारिकता भने छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलीको संसद बैठकम एमसीसी टेबुल गर्ने तयारी गरेका छन् । एमसीसी टेबुल गर्न प्रधानमन्त्री देउवा गठबन्धन फुटाउन समेत तयार भएको उनी निकट नेताहरुले बताउँछन् ।

Share