कैलालीको जंगलमा २६ वर्षीय प्रहरी जवानको शव भेटियो

कैलालीमा एकजना प्रहरी जवान जंगलमा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का २६ वर्षीय सुरजराम लुहार बिहीबार बेलुका जंगलमा मृत भेटिएका हुन् ।

बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए । उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए ।

केहीदिन अघि उनी घर बिदामा आएको खुलेको छ । मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको कार्कीले बताए ।