शेयर बजारका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाइ पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् । आज बुधवार अर्थ मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर अहिले पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन् ।

छलफलमा बोल्दै अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए । उनले भने, ‘शेयर बजारमा देखिएको समस्या समाधान गर्न एउटा सक्षम योग्य नेतृत्व चयन गरियो । नियमनकारी संस्थाको नेतृत्वले शेयर बजारमा भएका समस्याको समाधानमा उहाँहरूको काम कारबाहीबाट देखिनेछ ।’

कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए । उनले पुँजी बजार सुधारका लागि केही कानुनमा सुधार गर्नुपर्ने बताए। अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागिपरेको जानकारी दिए। उनले भन, ‘शेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ । टीएमएस प्रणालीु सुधार गर्नुपर्ने देखिएको छ ।’