आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा विभिन्न गन्तब्यको टिकट जित्न सकिने

आइएमई पेले यती एयरलाइन्ससँग मिलेर नयाँ अफर ल्याएको छ । आइएमई पे प्रयोगकर्ताहरूलाई आगामी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पेबाट खरिद गर्दा लक्की ड्र मार्फत नेपालका विभिन्न गन्तव्यहरूका लागि निशुल्क उडान टिकट पाउने कम्पनीले जनाएको छ ।

यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सले समन्वय गरेको बताइएको छ ।

निशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेको आइएमई पेले जनाएको छ । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटन प्रबर्द्धनमा योगदान पुर्‍याउने विश्वास कम्पनीको छ ।

आइएमई पे एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र यो अफरमा सहभागी हुन पाउने छन् । अफर अवधिभर चारजना बिजेताहरु छानिने कम्पनीले जनाएको छ ।

जसमध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन्। बिजेताहरुले उल्लेखित गन्तव्यमध्ये एउटा रोज्न पाउने बताइएको छ ।