काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । आजको बैठकले पार्टीका भ्रातृ संस्थाको विधान टुंगो लगाउने छ ।तर पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् ।बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी छन् ।
आठ सह(महामन्त्रीमध्ये उमाकान्त चौधरी भने सहभागी छैनन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ ।बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।















