व्याख्यात्मक घोषणाको नाममा जनतामा भ्रम छरियो : महासचिव पोखरेल

एमालेका महासचिव शंकर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको बताए । उनले व्याख्यात्मक घोषणाको कुनै अर्थ पनि नरहेको उल्लेख गरे ।

महासचिव पोखरेलले  सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको समेत आरोप लगाए ।