एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा, के-के छन् कार्यक्रम ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार झापा जाने भएका छन् । ओली बिहान ८:३० बजे झापा पुग्ने कार्यक्रम रहेको एमाले झापाको प्रचार विभागले जनाएको छ। झापा हुने विभिन्न कार्यक्रममा सहभागि हुन ओली आज झापा जान लागेका हुन् ।

बिहान ८:३० बजे भद्रपुर विमानस्थलबाट सोझै सालबारीस्थित सहिद स्मृति पार्कमा गएर बिहान ९:३० बज सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ।

बिहान ११ बजे दमकमा खाना खाने र ११: ३० बजे कमल गाउँपालिका वडा नं ६ खयरबारीमा रतुवा-मावा तटबन्धको शिलान्यास ओलीले गर्नेछन्। १२:३० बजे बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्ने र १: ३० बजे बिर्तामोडको सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनमा सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले झापाले जनाएको छ।