काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका माओवादीको नै रहेको बताएका छन् ।शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा उनले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन्।
उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका उनले एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटन पटन नभएको बताए।
गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने हाम्रो प्रयास हो,’ उनले भने, ‘एमसीसीकै कारण देश दुर्घटनामा गएको भए धेरै चिज अफ्ठ्यारोमा पर्थे । जुन खतरा थियो त्यो खतरा अहिले टरेको छ । हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो । यो प्रष्टसँग राख्न चाहान्छु ।’
साथै, प्रचण्डले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको दाबी गरे।