काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नाम सार्वजनिक हुनेछ ।
१२ गते नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ। १३ गते उम्मेदवारको विरोधमा उजुरी दिन समय छुट्याइएको छ।
आयोगले १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरेर निर्णय गर्ने जनाएको छ। उम्मेदवारले आफ्नो नाम फिर्ता गर्न चाहेमा वैशाख १६ गते गर्न सक्नेछन्।
आयोगले उम्मेदवारको अन्तिम नामावली १६ गते प्रशासन गर्नेछ भने १७ गते चुनाव चिन्ह प्रदान गर्ने तालिका बनाएको छ।















