साताका उत्कृष्ट ६ तस्बिर

काठमाडौं । टिभी अन्नपूर्णले साताको अन्तिम दिन शनिवार साताभरिको गतिविधिलाई समेटेर ‘साताका तस्बिर’ प्रकाशन गर्दै आइरहेको छ। यस साताको तस्बिरमा पनि विभिन्न विषयवस्तुमा आधारित तस्बिर समेटिएका छन्। यससाता भएका विभिन्न घटनालाई टिभी अन्नपूर्णकर्मीले यसरी आफ्नो क्यामेरामा कैद गरेका छन् ।

वसन्त ऋतुसँगै फक्रिएको फूल
वसन्त ऋतुसँगै फक्रिएको फूल

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित तालवेशी माध्यमिक विद्यालयमा परिसरमा संरक्षण गरिएको पिपलको चौतारी ।
गोधुलीमा क्षितिजमा पोतिएको लाली।
भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ वैकुण्ठेमा उपचारका लागि स्टेचरमा बोकेर बिरामी लैजाँदै । दुर्गम भेगमा एम्बुलेन्सको सुविधा नहुँदा स्थानीय बासिन्दालाई समस्या छ ।