काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (आइतबार)का लागि न्याय सेवा आयोगको बैठक बोलाएका छन् । बैठक आज दिउँसो २ बजे बस्नेत छ । नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाएका हुन् ।
आइतबारको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृतहरु तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाहरुको पदस्थापन मुख्य एजेण्डाका रुपमा रहेको छ । त्यसैगरी न्याय सेवाका केही कर्मचारीहरुलाई सरुवा गर्ने एजेन्डासमेत रहेको बताइएको छ ।
न्याय सेवा आयोगले बैठकबाट न्याय सेवाका केही रजिष्ट्रार ९सचिव० हरुको जिम्मेवारी हेरफेर गर्ने हल्ला चलेपनि विशिष्ट श्रेणीका कर्मचारीको सम्बन्धमा भने तत्कालै कुनै निर्णय नहुने आयोग स्रोतले बतायो । यद्यपि कर्मचारीको पदस्थापनसँगै सहसचिवसम्मका केही कर्मचारीको जिम्मेवारी हेरफेर र सरुवा हुनसक्ने आयोगले बताएको छ ।














