सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेपछि उक्त विषयमा सभामुखले छलफल गर्न लागेका हुन् ।
कांग्रेसले चैत २७ (भोलि)देखि संसद बैठक नै अबवरुद्ध गर्ने चेतावनी दिएपछि सोही विषयमा छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।
बैठक बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्ने घिमिरेको सचिवालयले जनाएको छ ।